२१ औ शताब्दीको विश्व युद्द – कोरोना भाइरस (COVID-19)

Spread the love

कोरोना भाइरस (COVID-19) अहिले सार्वलौकिक भएर संसारभर फैलिएको छ | न यसको कुनै जात छ ,न धर्म , न भूगोल , न कुनै लिङ्ग | अहिले विश्व युद्द चलिरहेको छ कोरोना भाइरस सँग , सम्पूर्ण विश्व मानवजाती एकातिर र कोरोना भाइरस अर्कोतिर | हाम्रो जित अवस्य हुनेछ र हुनुपर्दछ यद्दपि हाम्रो प्रयास यो जैविक शत्रुलाई सकेसम्म छिटो र कम क्षतिमा विस्तार हुन नदिनु र रोक्नु नै हो | यो तेश्रो विश्व युद्द नै मान्दा पनि फरक नपर्ला , यसको भय , क्षति र आर्थिक संकट नियाल्दा | फरक के छ भने अरु युद्दमा मानिस मानिसलाई सिध्याउन लाग्थे भने यो चाही हाम्रो सभ्यता र मानव जाति बचाउनमा छ | पहिला आफ्नो भूगोल बढाउन केन्द्रित थियो भने अहिले आफ्नो भूगोल र त्यहाँका जनता बचाउन प्रयासरत छ | पहिला धनि मानिस , देश र शक्तिको जित हुन्थ्यो भने अहिले यो भाइरसको कुनै परिधि वा वर्ग छैन |

दृस्टान्तको लागि अहिले यो भाइरसबाट संक्रमित ठुला व्यक्तित्व हरुको नामावली यस्ता छन् :

१. क्यानेडाकि प्रथम महिला Sophie Trudeau(उनका श्रीमान प्रधानमन्त्री Justin Trudeau एकलासमा छन् )


२. अस्ट्रेलियाका गृह मन्त्री Peter Dutton

३. इरानका उपरास्ट्रपति Eshaq Jahangiri

तथा सहायक स्वास्थ्य मन्त्री Iraj Harirchi

४. मिआमीका मेयर Francis Saurez

५. David Bryan (किबोर्डिस्ट र गीतकार)

६. Juventus खेलाडी Daniele Rugani

७. Juventus खेलाडी Blaise Matudi


७. बेलायतका अधिराजकुमार Charles

८. विश्वप्रसिद कलाकार Tom Hanks

यिनीहरु त केहि प्रतिनिधि पात्र मात्र हुन् | यस महामरी बिरुद्ध लड्न संसारका थुप्रै शहर र देश बन्दाबन्दिको अवस्थामा छन् , अरु थुप्रै हुने क्रममा छन र केहिले सामाजिक दूरी कायम राख्न कडा नियम तथा जनतालाई अपिल गरेका छन् भने कतिपय देश आंशिक बन्दाबन्दिमा छन् | आजको दिनमा (१३ चैत्र २०७६ )पूर्ण बन्दाबन्दी हुने देशको सुची यस प्रकारका छन् : चिन (आंशिक खुल्ने तयारि ) नेपाल भारत संयुक्त राज्य (बेलायत ) इटाली जर्मन: न्यु जिल्याण्ड पोल्याण्ड फ्रान्स साउथ अफ्रीका साउदी अरेबिया ( राजधानी र दुई पवित्र शहर ) कोलम्बिया, स्पेन ( पूर्ण क्वारेन्टिन ) अस्ट्रेलिया ( अनावस्यक क्षेत्र बन्द ) जोर्डन अर्जेन्टिना इजरायल (आंसिक बन्दाबन्दी)( बेल्जियम मलेशिया कुवेत नर्वे डेनमार्क र अरु थुप्रै आउनलाई ! यस सार्वलौकिक बाट बाच्ने अचुक औषधि – घरमा बस्ने , सकारात्मक रहने अनि अरुलाई पनि जनचेतना फैलाउने | आफु बचौ अरुलाई पनि बचाउ !! यस सृस्टी र मानव जाति लाई बचाउ !! यस जगतलाई बचाऊ !!

Subscribe our Channel

Like Our Facebook Page

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *