हेर्नै पर्ने ५ नेपाली चलचित्र

talak,photo taken fromnepalichalchitra.com/movie-talakjung-vs-tulke-official-trailer-released/
Spread the love

कोरोना भाइरसको प्रकोप ले गर्दा लकडाउनको समयमा घरमा बसेर समय बिताउने एउटा मनोरंजनको  माध्यम चलचित्र हुनसक्छ । धेरै बलिउड, हलिउड चलचित्रमात्र नभएर नेपाली चलचित्र पनि अन्तराष्ट्रियस्थरको बनेका छन् । सन् २००८ देखि नेपाल मा धेरै राम्रो समकालीन चलचित्रहरु बनेका छन्  । नेपालका केहि छुटाउन नहुने समकालीन नेपाली चलचित्र यस प्रकारका छन ।

१. कागबेनी

 कागबेनी सन् २००८ मा प्रदशन भएको नेपालको पहिलो हाइ डेफिनिशन डिजीटल चलचित्र हो। भुषण दाहालको निर्देशन रहेको यस चलचित्र प्रसिद्ध  “The Monkey’s Paw” कथामा आधारित छ । सौगात मल्ल र निमा रुम्बाको मुख्य भूमिका रहेको यस चलचित्र एउटा अनौठो पंजा, मानवीय लोभ ,आकांक्ष्या र तेसैको प्रतिफलमा आधारित रहेको छ। सौगात मल्ल, निमा रुम्बा , दिया मास्के  तथा सबै पात्रको उत्कृष्ट अभिनयले श्रोताको ध्यान बाँधेर राख्न सक्नु यस चलचित्र को विशेषता हो। उत्कृष्ट कथा , पटकथा अनि छायांकन रहेको यस चलचित्र नेपाली चलचित्र क्षेत्रको एउटा राम्रो उत्पादन हो। थ्रिलर, लभ, रोमान्स र एक्सन सबैको मिश्रण यस चलचित्र नेपालको हेर्नै पर्ने चलचित्र हो।

Watch Movie Now

२. पशुपति प्रशाद

पशुपति प्रशाद जीवनको वास्तविकतामा आधारित चलचित्र हो। दिपेन्द्र के खनालको निर्देशन रहेको यस चलचित्रमा  खगेन्द्र लामिछानेको लेखन तथा मुख्य भूमिका रहेको छ। बिपिन कार्कीको “भस्मे डन” को चरित्रको लोकप्रियताले नै यस चलचित्रको वर्णन गर्दछ। गाउँबाट अनेकौ आशा र सपना बोकेर काठमाडौँ छिर्ने युवा र यहाँको संघर्ष नै यस चचित्रको मुलधार हो। यस चलचित्रको कथा, पटकथा, छायांकन, पात्र र चरित्र को प्रवाह  परम्परागत नेपाली चलचित्र भन्दा निकै भिन्न छ। सहरी जीवनको संघर्स , सम्बन्ध र समाजको तितो सत्य देखाउने यस चलचित्र सबै नेपालीको मनमा बसेको छ।

Watch Movie Now

३. लूट

नेपालको परम्परागत चलचित्र भन्दा  भिन्न प्रस्तुति अनि कथा रहेको यस चलचित्र समकालीन नेपाली चलचित्र को केन्द्रबिन्दु मान्न सकिन्छ । नेपाली चलचित्र बिलिन हुने अवस्थामा  नेपाली श्रोतालाई नेपाली चलचित्र हेर्न प्रेरित गरेकाले यस चलचित्रले बिशेष स्थान पाएको छ। निश्चल बस्नेतले निर्देशन गरेका यस चलचित्र गरिबी अनि तेसैले प्रेरित एउटा बैंक चोरीमा आधारित छ। यस चलचित्रमा सौगात मल्ल, दयाहांग राई, कर्मा शाक्य , रिचा शर्मा आदिको अभिनय रहेको छ।चलचित्रमा रहेका सबै मुख्य पात्रको अभिनयका साथै उत्कृष्ट  संबादले गर्दा नि यस चलचित्र निकै मनोरंजनात्मक छ। चलचित्र समयभरि ध्यान चलचित्रबाट हटाउन नसकिने यस चलचित्रमा कमेडी, एक्शन , थ्रिलर सबैको मिश्रण राम्रो छ र छायांकन र निर्देशन पनि राम्रो छ।

Watch Movie Now

४. टलकजंग vs टुल्के

टलकजंग vs टुल्के माओवादी जनयुद्धको परवेशमा तयार परिएको निश्चल बस्नेतको अर्को उत्कृष्ट चलचित्र हो। मुख्य पात्र खगेन्द्र लामिछानेले नै लेखेका यस चलचित्रले माओवादी जनयुद्धको नेपाली समाज र यसमा रहेको सामाजिक समस्या जस्तै धनि गरिब बीचको भेदभाव, छुवा-छुतले घेरिएको समाज र एउटा पात्रको कुलीन अस्तित्त्वोको संघर्षको कथा बोकेको छ। दयाहांग राइ का साथै रिचा शर्मा , सुशांक मैनाली , बुद्धि तामांग आदिको उत्कृष्ट अभिनयले गर्दा यस चलचित्र मौलिक नेपाली चलचित्रको रुपमा लिन सकिन्छा। कथा, पटकथा , संबाद, छायांकन र मौलिकता  यस चलचित्रको बलियो पक्ष्य हो।

Watch Movie Now

५. जात्रा

जात्रा  नेपाली कमेडी चलचित्रको उत्कृष्ट  नमुना हो । यस चलचित्र प्रदिप भट्टराईले निर्देशन गरेका हुन् । प्रदिप भट्टराईले नै लेखन गरेका यस चलचित्रको कथाले श्रोतालाई पुरै समय कथामा बाँधेर राख्न सम्क्ष्यम छ। बिपिन कार्की, रविन्द्र सिंह बानिया, रबिन्द्र झा र वर्षा राउतको  मुख्य भूमिका रहेको यस चलचित्रमा कमेडी, ड्रामा र थ्रिलरको राम्रो संयोजन रहेको छ। परिस्थितिगत हास्य वा सिचुयेस्नल कमेडीले गर्दा यस चलचित्र नेपाली चलचित्र मध्य भिन्न र दर्शकमुखी छ। बिपिन कार्कीको मध्यम बर्गीय र संघर्षशील चरित्र निकै तारिफयोग्य छ। चलचित्रको सुरुवात देखि नै दर्शकलाइ कथामा बाँधेर राख्नु र अन्त्य सम्म पनि उत्तिकै ड्रामा रहेकाले यस चलचित्रलाई पनि हेर्नै पर्ने नेपाली चलचित्र मान्न सकिन्छा।

Watch Movie Now

Leave a Reply

Your email address will not be published. Required fields are marked *